‘प्रचण्डजस्ता अस्थिर नेता हुँदासम्म राजनीतिक स्थायीत्व हुँदैन’ « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

‘प्रचण्डजस्ता अस्थिर नेता हुँदासम्म राजनीतिक स्थायीत्व हुँदैन’


१३ फाल्गुन २०७९, शनिबार


धनगढी । नेकपा एमालेका पोलिटब्यूरो सदस्य पार्वत गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’जस्ता अस्थिर नेता हुँदासम्म राजनीतिक स्थिरता नहुने बताएका छन् ।

मानव अधिकार एलायन्सको सुदूरपश्चिम प्रदेश अधिवेशनमा उनले राजनीतिक स्थायित्व कायम गर्ने अन्तिम मौका प्रचण्डले गुमाएको टिप्पणी गरे ।

‘प्रचण्ड जस्ता अस्थिर माछे हुँदासम्म मुलुकले स्थिरता पाउँदैन । प्रधानमन्त्री पदका लागि पुरानो गठबन्धनबाट एमालेको समर्थन खोज्ने, फेरि काँग्रेसलाई साथ दिने जस्ता अविश्वनीय कामले भावी राजनीतिप्रति समेत वितृष्णा जगाएको छ’ उनले भने ।

आफ्नो प्रतिबद्धता र इमानदारीमा रहनुपर्ने प्रधानमन्त्रीले नै बेइमान गरेको भन्दै गुरुङले जनताले सजाय दिने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस