आठ दलीय गठबन्धनको बैठक बस्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आठ दलीय गठबन्धनको बैठक बस्दै


१३ फाल्गुन २०७९, शनिबार


काठमाडौँ । राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराउनुअघि आठ दलीय गठबन्धनको बैठक बस्ने भएको छ । राष्ट्रपतिको उम्मेदवारको प्रस्तावक र समर्थक टुङ्गो लगाउन बैठक बस्न लागेको हो ।

संघीय संसदको लोहत्से हलमा दिउँसो १ बजे बैठक बस्ने तय भएको नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिए ।

नयाँ गठबन्धनले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय गरेको छ । आज बिहान बसेको नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ ।

राष्ट्रपतिको चुनावसँगै सत्ता गठबन्धन बदलिएको छ । कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपासहित ८ दलको नयाँ समीकरण बनेको छ ।

यसअघि सरकारमा रहेको राप्रपा बाहिरिएको छ । एमालेले भने राष्ट्रपति निर्वाचन अगाडि सरकार नछाड्ने निर्णय गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस