कांग्रेसको कार्य सम्पादन समिति बैठक जारी « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

कांग्रेसको कार्य सम्पादन समिति बैठक जारी


१३ फाल्गुन २०७९, शनिबार


काठमाडौँ । नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो । बैठकले राष्ट्रपति निर्वाचनका विषयमा छलफल गर्न बैठक बसेको हो ।

यसै बैठकले राष्ट्रपतिको उम्मेदवारको टुंगो लगाउने कांग्रेस नेताहरूले बताएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार बन्ने करिब पक्का जस्तै छ ।

नयाँ सहमति अनुसार कांग्रेस-माओवादीसहित गठबन्धन बनेको छ । जसअनुसार राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको छ ।

राष्ट्रपतिको निर्वाचनका लागि आजै मनोनयन दर्ताको कार्यसूची छ । राष्ट्रपतिको मतदान यही फागुन २५ गते हुँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस