१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘कोर्स करेक्सन गर्न बाध्य बनाइयो’

अ+ अ-

काठमाडौँ । एमालेसँगको गठबन्धन नटुटाउन नेताहरूले प्रयास गरेपनि राष्ट्रपतिको चुनावको मुखमा सात दलीय गठबन्धन भत्किएर नयाँ आठ दलीय गठबन्धन बनेको छ । 

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओली बीचको बैठकमा सहमति हुन सकेन । साँझ बालुवाटारमा नै बसेको आठ दलको बैठकले राष्ट्रिय सहमतिका लागि नेपाली काँग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय भएसँगै राजनीति नयाँ कोर्समा अघि बढेको हो ।

गठबन्धन भत्किएकोबारे वाम एकता पक्षधर माओवादीका एक शीर्ष नेताले भने, ‘नेकपा एमालेका अध्यक्ष केपी ओलीजीले फेरि एक पटक अवसर गुमाउनुभयो । अध्यक्ष प्रचण्डले ओलीजीसँग मिलेर काम गर्न नसकिने बताउनुभयो ।’

ती नेताका अनुसार आफूमाथि ओलीले सरकारभित्र नै घेराबन्दीमा पारेर दबाब सिर्जना गरेको  प्रचण्ड गुनासो थियो ।

‘राजनीतिक संयन्त्रको अध्यक्ष पनि उहाँ हुनुहुन्छ । तर, सरकार सञ्चालनको विषयमा औपचारिक माध्यममा छलफल नगरेर खाली राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीसँग मात्र खुसुखुसु छलफल गर्ने काम भयो,’ प्रचण्डको भनाई उद्धृत गर्दै ती नेताले भने, ‘बालकोटमा गोप्य छलफल गर्ने अनि यता मलाई आएर दबाब दिने ।’ 

रास्वपा अध्यक्ष रवि लामिछानेलाई पुनः गृहमन्त्री दिने विषय होस् या सरकार सञ्चालनका अन्य विषय होस्, आफूमाथि निरन्तर दबाब दिने काम भएको प्रधानमन्त्री प्रचण्डले नेताहरूलाई सुनाएका थिए । 

राष्ट्रपति पनि एमालेलाई नै दिने हो भने आफू झन् कर्नरमा पर्न सक्ने निष्कर्षमा अध्यक्ष प्रचण्ड पुगेको भन्ने देखिएको ती नेताको भनाई छ । ‘सत्ता समीकरणमा सन्तुलन र चेक एन्ड ब्यालेन्सकै लागि प्रधानमन्त्रीले नेपाली काँग्रेसलाई राष्ट्रपति दिन चाहनुभएको देखिन्छ,’ उनको भनाई छ ।

आठ दलको बैठकमा काँग्रेसलाई राष्ट्रपति दिने सहमति बनेसँगै प्रधानमन्त्री प्रचण्डले पुस १० को कोर्स करेक्सन भएको घोषणा गरेका छन् । उनले अब राजनीतिक यात्रा नयाँ ढङ्गले अघि बढ्ने बताउँदै बैठकमा उपस्थित सबै दल मिलेर अघि बढ्नुपर्ने बताए । 

बैठकमा जसपालाई उपराष्ट्रपति पद लिने सैद्धान्तिक सहमति भएको छ । त्यस्तै बैठकमा उपस्थित दलहरुलाई समेत सरकारमा सहभागी गराउने प्रधानमन्त्रीले बताएका छन् । राप्रपा र रास्वपाको हकमा भने प्रधानमन्त्रीले भोलि छलफल गर्ने जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस