काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजदेखि नयाँ राजनीतिक यात्रा सुरु भएको बताएका छन् ।
आठ दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएको एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले जानकारी दिए ।
“आजदेखि हाम्रो नयाँ राजनीतिक यात्रा सुरु भएको छ भनेर प्रधानमन्त्रीले भन्नुभयो,” उनले भने, “यसैलाई अघि बढाऔँ भनेर भन्नुभयो, उहाँले सबै मिलेर जाउँ । जनतालाई सेवा दिने कुरालाई एकताबद्ध गएर जाऔँ भनेर अपिल गर्नुभयो ।”
बालुवाटारमा काँग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी, लोसपा, जनमत नागरिक उन्मुक्ति र जनमत पार्टीबीचको छलफलमा राष्ट्रपतिमा काँग्रेसलाई समर्थन गर्ने प्रस्ताव राख्दै प्रचण्डले सो कुरा बताएका हुन् । प्रधानमन्त्री प्रचण्डको प्रस्तावमा आठ वटै दलले सहमति जनाएका थिए ।