काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रेस सल्लाहकारमा शेखर अधिकारी नियुक्त भएका छन् ।
अधिकारीलाई सभामुख घिमिरेले शुक्रबार नियुक्त गरेको सचिवालयले जनाएको छ । दुई दशकदेखि पत्रकारितामा सक्रिय अधिकारीले रेडियो, छापा र अनलाइन सञ्चारमाध्यममा काम गरेका छन् ।
अधिकारीले २०७५ देखि ०७७ सम्म संसद् सचिवालयमा सञ्चार विज्ञको रूपमा काम गरेका थिए । अधिकारीले पूर्वाञ्चल विश्व विद्यालयबाट आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर गरेका छन् ।