काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले काँग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मतलाई कदर गर्नुपर्ने बताएका छन्।
नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले शुक्रबार तानसेनमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले राष्ट्रिय सहमतिमै राष्ट्रपतिको टुङ्गो लगाउने प्रयत्न भइरहेको र आज बेलुकासम्म टुङ्गिने जानकारी दिए।