राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु


१२ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । बैठकमा राष्ट्रपति पदको आसन्न निर्वाचनलगायत विषयमा छलफल हुने पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

राष्ट्रपतिका लागि यही फागुन १३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।

राप्रपाले राष्ट्रपति निर्वाचनमा कुन दललाई सहयोग गर्ने भन्ने निर्णय गरिसकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस