साढे १२ प्रतिशत ब्याज दिने राष्ट्र बैंकको तयारी « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

साढे १२ प्रतिशत ब्याज दिने राष्ट्र बैंकको तयारी


१२ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी चैत १० गते ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचत पत्र जारी गर्ने भएको छ । वार्षिक १२.५० प्रतिशत ब्याजदर प्रदान गर्ने गरी बैंकले वैदेशिक बचत पत्र २०६४ ‘क’ जारी गर्ने भएको हो ।

शुक्रबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले इच्छुक खरिदकर्तालाई अनलाइन दरखास्त आह्वान गरेको छ । बैंकका अनुसार २०७९ फागुन १४ गतेदेखि २०७९ चैत्र ३ गतेसम्म दरखास्त खुल्ला रहनेछ ।

यो बचत पत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य (बुवा, आमा, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरिद गर्न सक्नेछन् ।

इच्छुक खरिदकर्ताले १० हजार रुपैयाँदेखि बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कसम्मका लागि दरखास्त हाल्न सक्नेछन् । २०७९ चैत १० गते बिक्री हुने बचत पत्र २०८४ चैत १० गते परिपक्व हुनेछ । खरिदकर्ताले अर्धवार्षिक अर्थात् ६/६ महिनामा तोकिएको ब्याज पाउनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस