चार दलको बैठक जारी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

चार दलको बैठक जारी


१२ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । बालुवाटारमा चार दलका नेताहरूबीच तीन घण्टादेखि छलफल जारी छ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल भइरहेको छ।

काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा तथा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि बालुवाटारको छलफलमा सहभागी छन्। राष्ट्रपति निर्वाचन र यी दलबाट सहमतिमै उम्मेदवार तय गर्नेलगायत विषयमा छलफल केन्द्रित रहेको काँग्रेसका एक नेताले बताए।

संसदमा सबैभन्दा ठूलो दल आफूहरू भएकोले राष्ट्रपति पाउनुपर्ने अडान नेपाली काँग्रेसका नेताहरूको छ।

शनिबार राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता गर्ने कार्यतालिका छ। चुनावका बेलाको पाँचदलीय गठबन्धन ब्युँताउने कोसिस पनि काँग्रेसलगायत दलहरूले गरिरहेका छन्।

बिहीबार बेलुकी माओवादी, जसपा र एकीकृत समाजवादीले बैठक गरेर आज काँग्रेससहित संयुक्त छलफल गर्ने निर्णय गरेअनुसार बालुवाटारमा बैठक भएको हो।

राष्ट्रपति चुनावमा राष्ट्रिय सहमति खोज्ने बताइरहेका प्रधानमन्त्री प्रचण्डले शुक्रबार काँग्रेससहित दलहरूसँग र सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटघाट गरी कुराकानी गर्ने तयारी गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस