१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपति निर्वाचन : आज अन्तिम नामावली प्रकाशन हुँदै, नाम सच्याउन पाँच निवेदन

अ+ अ-

काठमाडौँ । राष्ट्रपति निर्वाचनको मतदाता नामावली संशोधनका लागि पाँच वटा निवेदन परेका छन् ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले बुधबार प्रकाशित गरेको मतदाता नामावलीमा नाम समावेश तथा नामावली सच्याउन पाँच जना सांसदले निवेदन दिएका हुन् ।

सहायक निर्वाचन अधिकृत अमृता शर्माका अनुसार बुधबार ११ बजेदेखि बिहीबार १२ बजेसम्म दिइएको दाबी विरोधको उजुरीको समय सीमाभित्र एक जनाले नाम समावेश गर्न र चार जनाले नाम सच्याउन दरखास्त दिएका छन् ।

आगजनी मुद्दामा ६ महिना कैद भई निलम्बन अवस्थामा मतदाता सूचीमा नपरेका प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीले नाम समावेशका लागि निवेदन दिएका छन् ।

राष्ट्रपतिबाट आममाफी पाएर निलम्बन फुकुवा भएपछि चौधरीले आफ्नो नाम समावेशका लागि निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका हुन् ।

त्यस्तै, प्रतिनिधि सभाका दुई, राष्ट्रिय सभाका एक र प्रदेश सभाका एक सदस्यले नाममा फरक परेको भन्दै सच्याएर सूची संशोधन गर्न निवेदन दिएका छन् । सरस्वती खड्का, दुर्गा गुरुङ, सञ्जुकुमारी चौधरी र संगीता मण्डल धानुकले निवेदन दिएका हुन् ।

यी निवेदनहरूमा निर्णय गरेर आज अन्तिम नामावली प्रकाशन गरिने सहायक निर्वाचन अधिकृत शर्माले बताइन् । निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार दिउँसो ३ बजे अन्तिम नामावली प्रकाशन गर्दै छ ।

फागुन २५ मा हुने निर्वाचनमा प्रतिनिधि सभाका २७३ (टेकबहादुर गुरुङ निलम्बन र रवि लामिछाने पद रिक्त), राष्ट्रिय सभाका ५९ र प्रदेश सभाका ५५० गरी कुल ८८२ मतदाता छन् ।

संघीय संसद्तर्फ एक मतदाताको मतभार ७९ र प्रदेश सभातर्फ ४८ मतभार रहेको छ । राष्ट्रपति निर्वाचनको उम्मेदवारी मनोनयन १० देखि ३ बजेसम्म तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस