चर्को आवाजमा साउण्ड सिस्टम र माइक बजाउन रोक « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

चर्को आवाजमा साउण्ड सिस्टम र माइक बजाउन रोक


११ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । पर्यटकीय नगर सौराहामा होटेल, रेष्टुरेन्टमा चर्को आवाजमा साउण्ड सिस्टम र माइक प्रयोग गर्न रोक लगाइएको छ ।

चितवनको रत्ननगर नगरपालिकाले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । सौराहा यस नगरपालिकाको वडा नं ६ मा पर्छ । राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा सञ्चालित केही पर्यटकीय स्तरका होटेल, रेस्टुरेन्ट र अन्य व्यवसायीले समेत स्थानीय जनमानसलाई अप्ठ्यारो हुने गरी चर्को आवाजमा साउण्ड सिस्टम र माइक बजाएको गुनासो आएपछि नगरपालिकाले यस्तो निर्णय लिएको बताएको छ ।

५ फागुनको वडा समिति बैठकले स्थानीय र छरछिमेकलाई असहज हुने गरी साउण्ड सिस्टम तथा माइक प्रयोग गर्न रोक लगाएको हो । यो सूचनाको अवज्ञा गरी अवहेलना गरेमा कानुन अनुसार कारबाही हुने चेतावनी नगरपालिकाले दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस