त्रिविमा शुक्रबार शोक बिदा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

त्रिविमा शुक्रबार शोक बिदा


११ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले शुक्रबार शोक बिदा दिने निर्णय गरेको छ।

त्रिवि सेवा आयोगका पूर्व अध्यक्ष प्राध्यापक चूडाराज उप्रेतीको फागुन ८ मा भएको निधनमा शोक व्यक्त गर्दै त्रिविले फागुन १२ गते शुक्रबार शोक बिदा दिने निर्णय गरेको हो।

पूर्वनिर्धारित परीक्षाहरू यथावत् सञ्चालन हुने गरी त्रिवि केन्द्रीय कार्यालयलगायत सबै आङ्गिक क्याम्पस तथा कार्यालयहरूलाई शोक बिदा दिने निर्णय भएको रजिष्ट्रार कार्यालय सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले विज्ञप्ति निकालेर जानकारी गराएका छन्।

यस्तो छ सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस