२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भीमसेन थापा गाउँपालिका र चुमनुव्री गाउँपालिकाबीच भगिनी सम्बन्ध

अ+ अ-

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका र चुमनुव्री गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ ।

प्राकृतिक सौन्दर्यले भरपूर्ण तथा पर्यटकीय गन्तव्यको राम्रो सम्भावना बोकेको चुमनुव्री गाउँपालिका र नेपालका प्रथम मुख्तियार भीमसेन थापाको जन्मस्थान भीमसेन थापा गाउँपालिकाबीच समन्वय एवं सहकार्य गरी असल अभ्यास र अनुभव आदानप्रदान गर्ने उद्देश्यले दुई पालिकाबीच भगिनी सम्बन्ध स्थापना गर्न समझदारी पत्रमा हस्ताक्षर भएको भीमसेन थापा गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए ।

समझदारी पत्रमा बूढीगण्डकी नदीको शिर, अहिंसाको क्षेत्र चुम भ्याली, मनास्लु किलर माउन्टेनको काखमा रहेको पर्यटकीय स्थल चुमनुव्री तथा भीमसेन थापा गाउँपालिकाको सामाजिक तथा संस्कृति गतिविधि आदानप्रदान गर्ने उल्लेख गरिएको छ । त्यस्तै मैत्रीपूर्ण तथा दिगो संस्थागत सम्बन्ध स्थापना गर्ने, कृषि, पर्यटन, विपद् व्यवस्थापन, कलाको क्षेत्रमा आपसी समन्वय, सहकार्य र साझेदारी गर्ने समझदारी दुई पालिकाबीच भएको उनले जानकारी दिए ।

दुवै पालिकाले एक अर्काको ऐतिहासिक, पर्यटकीय एवं सांस्कृतिक सम्पदा प्रचारप्रसार गर्ने, स्थानीय न्यायिक समिति, मेलमिलाप केन्द्र विषयगत समिति, कार्यपालिका, वडा, गाउँ सभालाई प्रभावकारी बनाउन संयुक्त रूपमा क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने समझदारी पत्रमा उल्लेख गरिएको छ । त्यस्तै गरिबी निवारणका लागि लघु उद्यम, जडीबुटी खेती, वन पैदावर, ऊर्जालगायत आर्थिक विकासका क्षेत्रमा सहकार्य गर्ने, दुवै पालिकाको साझा हितका विषयमा संयुक्त पहल गर्ने अध्यक्ष बञ्जराले जानकारी दिए ।

समझदारी पत्रमा भीमसेन थापा गाउँपालिका तर्फबाट अध्यक्ष बञ्जरा, प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारी, चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामा र प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस