‘चक्रपथ विस्तारमा प्राधिकरणका कारण कुनै पनि ठाउँमा समस्या छैन’ « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

‘चक्रपथ विस्तारमा प्राधिकरणका कारण कुनै पनि ठाउँमा समस्या छैन’


११ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको कारण कुनै पनि ठाउँमा चक्रपथ बिस्तारमा समस्या नरहेको स्पष्ट पारेका छन् ।

बिहीबार दोस्रो चरणको चक्रपथ बिस्तार अन्तर्गत कलङ्की-बसुन्धारा सडक खण्डकको अवलोकनका लागि उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत चेन सङसँगै अनुगमन एवं निरीक्षणका लागि त्यहाँ पुगेका उनले कलङ्की–बसुन्धारा सडक खण्डमा अब १५ वटा पोल जति हटाउन बाँकी रहेको र ती पोलहरू १५ दिन भित्रमा हटाइसक्ने बताए ।

उनले भने, ‘अब यो रिङरोड बिस्तारको कलङ्की चाबहिलसम्मको बिस्तारमा हामीले पोल सार्ने काम सकिसकेका छौँ । एक, दुई स्थानमा रोडको लेभल मिलाउनुपर्ने भएकाले १५ वटा जति पोल सार्न बाँकी रहेछ, १५ दिन जति लाग्छ । विद्युत् प्राधिकरणको पोलको कारणले कुनै पनि ठाउँमा चक्रपथ बिस्तारको लागि समस्या छैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस