काठमाडौँ । कृषि विकास बैंकको अध्यक्षमा पूर्व राजस्व सचिव रामशरण पुडासैनी चयन भएका छन् । बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले पुडासैनीलाई अध्यक्षमा चयन गरेको हो ।
यसअघि अर्थ मन्त्रालयले पुडासैनीलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरेको थियो । यसअघि अध्यक्ष रहेका रमेश दवाडीले राजीनामा दिएपछि पुडासैनी अध्यक्षमा चयन भएका हुन् ।