यू-१९ विश्वकपको छनोटका लागि आज नेपाल र सिंगापुर भिड्दै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

यू-१९ विश्वकपको छनोटका लागि आज नेपाल र सिंगापुर भिड्दै


११ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । यू-१९ विश्वकपको एसिया छनोटका लागि आज नेपाल र सिंगापुर भिड्दै छन् । हिजो साँझ युएई पुगेको नेपाली यू-१९ टोलीले आजको पहिलो खेल सिंगापुरसँग भिड्न लागेको हो ।

नेपाल क्रिकेट सङ्घ (क्यान) र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट खेल्ने नेपाली क्रिकेट टोलीलाई हिजो बिदाइ गरेको थियो ।

क्यानका अनुसार दोस्रो खेल भने २५ फेब्रुअरी अर्थात् १३ फागुनमा कुवेतसँग हुनेछ भने कुवेतसँग खेल खेलेको एक दिन पछि लगतै नेपाली यु–१९ टोलीले २७ फेब्रुअरी अर्थात् १५ फागुनमा हङकङसँग खेल्नेछ ।

२८ फेब्रुअरी अर्थात् १६ फागुनमा मलेसियासँग खेल्ने नेपाली टोलीले दुई दिन विश्राम लिएर अन्तिम खेल भने २ मार्च अर्थात् १८ फागुनमा युएईसँग खेल्ने क्यानले जनाएको छ । युएई र नेपाल प्रमुख दाबेदार टोली हुन् ।

उक्त खेलमा विजेता एउटा टोलीले २०२४ मा श्रीलङ्कामा हुने यू–१९ विश्वकप खेल्ने मौका पाउने छन् ।

त्यसका लागि यू–१९ क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले म‌‌‌गलबार मात्र देव खनाललाई कप्तान चयन गरेका थिए । यस अघिका कप्तान गुल्सन झा सम्हाल्दै आएको कप्तानी यूएईमा हुने अर्को खेल आईसीसी क्रिकेट विश्वकप लिग–२को शृङ्खलाका लागि सिनियर टिम मै रहने भएपछि देवलाई नयाँ जिम्मेवारी दिइएको हो ।

नेपाली यू–१९ टोली

देव खनाल (कप्तान), दीपेश कँडेल(उपकप्तान) , आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, उत्तम थापामगर (विकेटकिपर)दीपक डुम्रे, हेमन्त धामी, दुर्गेश गुप्ता, दीपक बोहरा (बि), आकाश चन्द, सुवास भण्डारी, विशाल विक्रम केसी र मिलन बोहरा ।

Tags :
प्रतिक्रिया दिनुहोस