१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देउवा वा सिटौलालाई राष्ट्रपति बनाउने प्रचण्डको प्रस्ताव 

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काँग्रेसका दुई जना नेतालाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेको खुलेको छ । मङ्गलवार साँझ प्रधानमन्त्री प्रचण्डले काँग्रेस सभापति शेरबहादुर देउवा वा कृष्णप्रसाद सिटौला मध्ये एकलाई राष्ट्रपतिमा अगाडि सार्न प्रस्ताव गरेका हुन् । 

काँग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी गरिरहँदा प्रचण्डको यो प्रस्ताव आएको हो । सचिवालयका अनुसार गत पुस ६ गते भएको संसदीय दलको निर्वाचनमा पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने संस्थापन पक्षमा सहमति भएको थियो । सोही सहमति अनुसार संसदीय दलको निर्वाचनमा पौडेल देउवाको प्रस्तावक बसेका थिए । पौडेलसँगै काँग्रेसमा नेता सिटौला, गोपालमान श्रेष्ठ, मानबहादुर विक पनि राष्ट्रपतिको उम्मेदवारका लागि लबिङमा छन् ।

प्रधानमन्त्री प्रचण्डले काँग्रेस उपसभापति पूर्णबहादुर खड्का मार्फत देउवा वा सिटौला उम्मेदवार बन्नुपर्ने प्रस्ताव गरेको माओवादी केन्द्रका एक पदाधिकारीले बताए । काँग्रेस स्रोतका अनुसार मङ्गलवार साँझ खड्का प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । प्रचण्डको प्रस्ताव लिएर खड्का बुधबार बिहान देउवा निवास धुम्बाराही पुगेका थिए ।

लोकतान्त्रिक समाजवादीका पार्टी (लोसपा)का नेताले अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिमा सहयोग गर्न आग्रह गर्दै देउवा निवास पुग्दा खड्का पनि त्यही थिए । लोसपाका नेताहरूसँगको भेटवार्ताअघि प्रचण्डको प्रस्तावमाथि देउवा र खड्काबीच छलफल भएको थियो ।

माओवादी स्रोतले भन्यो, ‘प्रधानमन्त्रीले काँग्रेसबाट देउवा र सिटौला मध्ये एक जना राष्ट्रपतिको उम्मेदवार हुनुपर्ने प्रस्ताव पठाउनु भएको छ । देउवा वा सिटौला कसलाई अगाडि सार्नुहुन्छ उहाँहरूको कुरा हो ।’ देउवा र सिटौलामध्ये एक जना हुनुपर्ने प्रधानमन्त्री प्रचण्डको स्पष्ट लाइन रहेको ती नेताले बताए । 

देउवा राष्ट्रपति बन्दा माओवादीलाई सरकारको नेतृत्व पाँचै वर्ष गर्ने परिस्थिति बन्ने प्रधानमन्त्री प्रचण्डको बुझाइ छ । देउवालाई राष्ट्रपतिको उम्मेदवार बन्न काँग्रेसभित्र पनि दबाब छ । उपसभापति खड्का, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा लगायतले पनि देउवालाई राष्ट्रपति बन्न सुझाव दिइरहेको अवस्था छ । 

सम्बन्धित समाचार : देउवालाई राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी 

देउवालाई राष्ट्रपति बन्न प्रस्ताव गरेको महामन्त्री शर्माले सार्वजनिक रूपमा बताएका थिए । आफूले देउवालाई राष्ट्रपतिको उम्मेदवार बन्न आग्रह गर्दा अस्वीकार गरेको शर्माको भनाइ थिए । देउवा तयार नभए रामचन्द्र पौडेलभन्दा सिटौला राष्ट्रपतिमा उपयुक्त हुने माओवादीका नेताहरूको बुझाइ छ ।

प्रधानमन्त्री प्रचण्डले काँग्रेसभित्रबाट आफ्नो अनुकूलको विश्वासपात्रका रूपमा सिटौलालाई राष्ट्रपति बनाउन खोजेको देखिन्छ । गत शुक्रबार साँझ सिटौलाले प्रधानमन्त्री प्रचण्डलाई भेटेर राष्ट्रपतिमा सद्भाव खोजेका थिए । प्रचण्डले सिटौलालाई सकारात्मक जवाफ दिएका थिए । तर काँग्रेसभित्र राष्ट्रपति उम्मेदवार पौडेल भन्ने गरी परिस्थिति अगाडि बढेपछि प्रचण्डले देउवा र सिटौलाको नाम प्रस्ताव गरेको काँग्रेस नेताहरूको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस