भारतबाट ल्याइएको अवैध सामान बरामद गरी भन्सारलाई बुझाइयो « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

भारतबाट ल्याइएको अवैध सामान बरामद गरी भन्सारलाई बुझाइयो


१० फाल्गुन २०७९, बुधबार


काठमाडौँ । इलाका प्रहरी कार्यालय दमकले भारतबाट ल्याइएको अवैध समान नियन्त्रणमा लिएको छ ।

मङ्गलवार राति इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका ५ गोर्खाली टोल स्थित पूर्व पश्चिम राजमार्गमा भारतबाट अवैध रूपमा ल्याई बेवारिसे अवस्थामा छाडिएको समान बरामद गरेको हो ।

रु तीन लाख २२ हजार ६ सय मूल्य बराबरको खाद्यान्न, पेय पदार्थ, रङ र जुत्ताहरू बरामद गरिएको र आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काकरभिट्टा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस