काठमाडौँ । बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । बैठकमा प्रदेश सरकारबाट जारी भएका अध्यादेशहरूको प्रतिस्थापन विधेयक पेस हुने सम्भावित कार्यसूची छ ।
बिहान ११ बजे बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठकले बैठकका कार्यसूची तय गर्ने छ ।
राजेन्द्र पाण्डे नेतृत्वको अघिल्लो सरकारले पाँच वटा अध्यादेश जारी गरेको थियो । ती अध्यादेश शालिकराम जम्मकट्टेल नेतृत्वको वर्तमान सरकारले गत पुस १८ गते सदनमा पेस गरेको थियो ।
अध्यादेश पेस भएको ६० दिनभित्र प्रतिस्थापन विधेयकमार्फत पारित गरी प्रमाणित गर्नुपर्ने प्रदेश सभा नियमावलीको व्यवस्थाअनुसार आज प्रदेश सभा बैठक बस्न लागेको हो ।
प्रदेश सभा सचिवालयका अनुसार निजामती कर्मचारीसँग सम्बन्धित दुई अध्यादेशको प्रतिस्थापन विधेयक आजको बैठकमा पेस गरिने छ ।