२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘पावर सेयरिङ’मा हाम्रो पार्टीको भूमिका हुनुपर्छ : माधव नेपाल

अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक पदहरूको बाँडफाँटमा आफ्नो पार्टीलाई पनि भूमिका दिनुपर्ने बताएका छन्।

मङ्गलवार दाङको भालुवाङमा पत्रकारहरूसँग कुरा गर्दै नेपालले राष्ट्रपतिको उम्मेदवार बन्नेबारे भने आफूले केही नसोचेको बताए।

‘चाहना राख्ने बेग्लै कुरा हो। मैले पनि आफूले के गर्ने भन्ने सोचेको छैन, हाम्रो पार्टीले पनि सोचेको छैन,’ उनले भने, ‘तर पावर सेयरिङमा हाम्रो पार्टीको भूमिका हुनुपर्छ। पावर सेयरिङमा भूमिका नभए अरूको निम्ति मात्रै हामी बलिदान हुने, अरूले त्यसको फाइदा उठाउने कुरा हुन सक्दैन।’

उनले गत मंसिर ४ गतेको चुनावअघि नै तत्कालीन सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस र माओवादी केन्द्रसँग आफूले राष्ट्रपतिबारे कुरा गरेको बताए।

‘राष्ट्रपति पदका बारेमा चुनावअघि काँग्रेससँग र माओवादीसँग कुराकानी भएको थियो। त्यस सन्दर्भमा हामीले केही नामहरू पनि अगाडि सारेका थियौँ। यसमा काँग्रेस पनि सहमत भएको थियो माओवादी पनि सहमत भएको थियो,’ नेपालले भने।

एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई भेटेर राष्ट्रपति उम्मेदवार बन्न प्रस्ताव गरेको चर्चा भइरहेका बेला नेपालले आफूसँग कुरा गर्न चाहने सबैसँग कुरा भइरहेको बताए।

‘तर मूल्य, मान्यता र आदर्शलाई त्यागेर कुनै किसिमको सहमति, सम्झौता सम्भव छैन,’ उनले भने।

प्रतिक्रिया दिनुहोस