आजको मौसम : उच्च पहाडी र हिमाली भू-भागमा हिमपातको सम्भावना « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

आजको मौसम : उच्च पहाडी र हिमाली भू-भागमा हिमपातको सम्भावना


९ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । प्रदेश-१, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आज (मंगलबार) बिहान आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो प्रदेश-१ लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश-१ का पहाडी भू-भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति प्रदेश-१, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ । प्रदेश-१, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस