नागार्जुनबाट जुवातास खेलिरहेका ६ जना पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नागार्जुनबाट जुवातास खेलिरहेका ६ जना पक्राउ


८ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । प्रहरीले काठमाडौँको नागार्जुनबाट जुवातास खेलिरहेका ६ जनालाई पक्राउ गरेको छ।

नागार्जुन नगरपालिका–८ भिमढुङ्गा बस्ने ४५ वर्षीय उपेन्द्र पोखरेलको पसलमा जुवातास खेलिरहेको अवस्थामा पोखरेलसमेत ६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५२ हजार रुपैयाँ र ६ बुक ताससहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस