लुम्बिनीका कृषि मन्त्री भण्डारीलाल अहिरले लिए शपथ « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

लुम्बिनीका कृषि मन्त्री भण्डारीलाल अहिरले लिए शपथ


८ फाल्गुन २०७९, सोमबार


बुटवल । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

जनता समाजवादी पार्टी संसदीय दलका नेता अहिर मुख्यमन्त्री लीला गिरीको सिफारिसमा आइतबार कृषि तथा भूमि व्यवस्था मन्त्रीमा नियुक्त भएका थिए ।

बाँकेका अहिरलाई सोमबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनले शपथ दिलाएका हुन् ।

यसअघि माघ २८ गते नेकपा एमालेबाट कृषि तथा भूमि व्यवस्था मन्त्री नियुक्त तुल्सीराम शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने जिम्मेवारी दिइएको छ ।

मन्त्री शर्मा भने त्यस बेला शपथ ग्रहण समारोहमा उपस्थित भएका थिएनन् । अहिरको नियुक्तिसँगै प्रदेश सरकारमा ११ जना मन्त्री पुगेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस