काठमाडौँ । नेपालमा नयाँ राष्ट्रपतिका लागि कसरत भइरहेका बेला भारतका बुद्धिजीवी एसडी मुनिले चार नाम सुझाएका छन्।
सोमबार सामाजिक सञ्जालमा धारणा राख्दै मुनिले राष्ट्रपतिका लागि योग्य भनेर गैर राजनीतिक चार जनाको नाम उल्लेख गरेका हुन्।
ट्विटरमा उनले लेखेका छन्,‘नेपालमा सहमतिमा नयाँ राष्ट्रपतिको माग जायज छ । देवेन्द्रराज पाण्डे, प्रा. बराल (सम्भवतः लोकराज बराल), दमन ढुङ्गाना र अनुराधा कोइराला जस्ता इमान्दार र राजनीतिक संवेदनशीलता भएका निष्पक्ष व्यक्ति योग्य छन्।’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताइरहँदा नेकपा एमाले एवं नेपाली काँग्रेसले आफूले पाउनुपर्ने अडान राख्दै आएका छन्।
गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने आवाज उठिरहँदा मुनिको यस्तो धारणा सार्वजनिक भएको हो।
Demand in Nepal for a consensual new President sounds valid. Non-partisan persons of impeccable integrity and political sensitivity like Davendra Raj Pandey, Prof Baral, Daman Dhungana, Anuradha Koirala deserve to be considered by the political class.
— SUKH DEO MUNI (@SDMUNI) February 20, 2023