बिपिडब्लु लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

बिपिडब्लु लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन


८ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । बिपिडब्लु लघुवित्तको आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आवेदन दिने आज सोमबार अन्तिम दिन रहेको छ।

कम्पनीको आइपीओमा आज फागुन ८ गते कार्यालय समयसम्म मात्र आवेदन दिन सकिनेछ। लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई माघ २२ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो।

लघुवित्तले आफ्नो जारी पुँजीको ३ करोड रुपैयाँको ३२.३३५ ले हुन आउने ९७ लाख रुपैयाँको १०५ अर्थात् ९ हजार ७ कित्ता आइपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बिक्री खुला गरेको छ।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्।

साथै, यस कम्पनीले सर्वसाधारण लगानीकर्तालाई फागुन १८ गतेदेखि आइपीओ जारी गर्दैछ। सर्वसाधारणलाई ८० हजार ९ सय ५० कित्ता सेयर जारी गर्नेछ।

सर्वसाधारण लगानीकर्ताले यसमा फागुन २३ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिमा सबै सेयर बिक्री नभएमा चैत २ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। रेटिङ एजेन्सी इक्रा नेपालले बिपिडब्लु लघुवित्तको आइपीओलाई ‘इक्रा एनपी इस्यूअर बी माइनस’ रेटिङ प्रदान गरेको छ।

जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ। यो आइपीओमा मेगा क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस