काठमाडौँ । विश्वकप लिग-२ क्रिकेटअन्तर्गत घरेलु मैदानमा भइरहेको त्रिदेशीय एकदिवशीय अन्तर्राष्ट्रिय शृङ्खलाको चौथो खेलमा नामिबियाले स्कटल्यान्डविरुद्ध टस जितेर पहिला बलिङ रोजेको छ।
त्रिवि क्रिकेट मैदानमा मैदानमा नामिबियाले टस जितेर पहिले फिल्डिङ रोजेको छ ।
नामिबिया दुई खेलमा नेपालसँग पराजित भएको थियो भने स्कटल्याण्डले नामिवियालाई यसअघि भएको पहिलो खेलमा १० विकेटले पराजित गरेको थियो ।
नामिबिया सुरुवाती तीनै खेलमा नै पराजित भएको छ । जारी खेलमा नामिबिया स्कटल्यान्डलाई हराउन चाहन्छ । नेपालसँग तीन विकेटले पराजित स्कटल्याण्डलाई पराजित गर्ने दाउमा नामिबिया छ । तर, तीन खेल अगावै लिग च्याम्पियन बनिसकेको स्कटल्यान्डमाथि विजय हासिल गर्न भने नामिबियालाई त्यति सहज छैन ।