माओवादीले बोलायो पदाधिकारी बैठक « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

माओवादीले बोलायो पदाधिकारी बैठक


७ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । राष्ट्रपति चयनलगायत विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सोमबार बस्ने भएको छ ।

माओवादी केन्द्रका नेता मातृका यादवका अनुसार सोमबार दिउँसो ४ बजेपछि पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बोलाइएको हो ।

फागुन अन्तिम साता हुने राष्ट्रपति चुनावमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा बैठकमा छलफल गरिने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस