काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको समीकरण जन्मँदै राष्ट्रपति नेकपा एमालेको हुने भनेर लेखिएको बताएका छन् ।
विराटनगर विमानस्थलमा पत्रकारले सोधको प्रश्नको उत्तर दिँदै उनले भने, ‘राष्ट्रपति को हुने भनेर पहिला नै तय छ । अहिलेको समीकरण जन्मँदै त्यसको जन्म कुण्डलीमै लेखेर आएको छ उति बेलै ।’
माओवादी नेता जनार्दन शर्माले त सहमति भएको थाहा छैन भन्नु भएको छ नि भन्ने पत्रकारको प्रश्नमा ओलीले भने, ‘सबैसँग त कहाँ सहमति हुन्छ र माओवादी कार्यकर्ता सबैसँग सहमति गदै हिँडेर हुन्छ त ?’
राष्ट्रपतिमा सबैको सहमति हुनु पर्छ भन्ने आवाज पनि उठेको छ नि भन्ने पत्रकारको अर्को प्रश्नको उत्तरमा ओलीले भने, ‘सही कुरा हो, हामीले उम्मेदवार उठाउँछौ, सबैको सहमति हुनुपर्छ ।’