टुँडिखेलमा यसरी मनाइयो ७३ औँ प्रजातन्त्र दिवस (फोटोफिचर) « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

टुँडिखेलमा यसरी मनाइयो ७३ औँ प्रजातन्त्र दिवस (फोटोफिचर)


७ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरी ७३ औँ प्रजातन्त्र दिवस मनाइएको छ ।

२००७ साल फागुन ७ गते १०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भएपछि नेपाली जनता रैतीबाट नागरिक बनेको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष आजको दिन प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।

टुँडिखेलमा आयोजितमा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, मन्त्रीहरू, उच्चपदस्थ कर्मचारीलगायतको सहभागिता थियो । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गरेका थिए ।

समारोहलाई उत्सवमय बनाउन नेपाली सेनाले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ ब्यानर अङ्कित हेलिकोप्टरबाट पुष्पवृष्टि गराएको थियो भने मैदानबाट शान्तिका दूत परेवा र रङ्गीचङ्गी बेलुन उडाइएको थियो ।

कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले मार्च पासका साथै राष्ट्रिय गीतका धुन् र ब्यान्ड प्रस्तुत गरेका थिए ।

२००८ सालपछि प्रजातन्त्र दिवस मूल समारोह समितिले सैनिक मञ्चमा विशेष समारोह आयोजना गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस