२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित थप २१ कर्मचारीको सरुवा 

अ+ अ-

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव सहित थप २१ जना कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले बिहीबार विभिन्न मन्त्रालय, कार्यालय तथा स्थानीय तहका कर्मचारीहरूको सरुवा गरेको हो । 

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतका उपसचिव तेज नारायण यादवलाई थारु आयोग, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका विक्रम प्रसाद पाण्डेलाई ठूलीभेरी नगरपालिका, डोल्पा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं. १ का विनोद कुमार दाहाललाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका कृष्ण थापाको मुसिकोट नगरपालिका रुकुम पश्चिम सरुवा गरिएको छ । 

यसैगरी राष्ट्रिय महिला आयोगका ओमकार शाहलाई गुलरिया नगरपालिका बर्दिया, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधेस प्रदेशका धर्मानन्द जोशीलाई पोखरिया नगरपालिका पर्सा, महाराजगन्ज नगरपालिका कपिलवस्तुका उपसचिव(शिक्षा)लाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी, वृन्दावन नगरपालिका रौतहटका उपसचिव(शिक्षा)लाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा काज फिर्ता गरिएको छ । 

त्यस्तै जल तथा ऊर्जा आयोगका सिडिई पवन चन्दलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेश, युवा तथा खेलकुद मन्त्रालयका डा. कृष्ण बहादुर घिमिरे तारकेश्वर नगरपालिका, काठमाडौँ, राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय कुमार सोनुलाई डाक्नेश्वरी नगरपालिका, सप्तरी, गृह मन्त्रालयका शाखा अधिकृत राजन कँडेललाई पुथ उत्तर गङ्गा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत र सिम्ता गाउँपालिका सुर्खेतका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटालाई राप्तीसोनारी गाउँपालिका बाँकेको प्रमुख प्रशासकीय अधिकृत बनाई पठाइएको छ । 

प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त थप विवरण अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनीका शाखा अधिकृत विपिन क्षेत्रीलाई ओमसतिया गाउँपालिका रुपन्देही, र त्यहाँका शाखा अधिकृत सागर गौतमलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेश सरुवा गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशका सुबोध कुमार ठाकुरलाई हंसपुर नगरपालिका, धनुषाको प्रमुख प्रशासकीय अधिकृत, गृह मन्त्रालयका मनिष झालाई माधवनारायण गाउँपालिका, रौतहटको प्रमुख प्रशासकीय अधिकृत, लम्की चुहा नगरपालिका, कैलालीका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बुढालाई चुरे गाउँपालिका कैलालीमा पठाएको छ । 

त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं. १ का शाखा अधिकृत कोविद ढकाललाई सिदिङ्वा गाउँपालिका, ताप्लेजुङको प्रमुख प्रशासकीय अधिकृत र लगानी बोर्डको कार्यालयका पुण्य प्रसाद भट्टराईलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेशमा सरुवा गरिएको सूची प्राप्त भएको छ । 

पछिल्लो समय हरेक दिन जसो कर्मचारीको सरुवा गर्दै आएको सामान्य प्रशासन मन्त्रालयले सूची भने गुपचुप नै राख्दै आएको छ । उपसचिवमा बढुवा भएका कर्मचारीलाई पदस्थापन तथा कामकाजमा खटाउने ३ गरेको निर्णयबाहेक त्यसअघि र पछि गरिएका कैयूं सूचीहरू गोप्य राखिएको छ । अन्धाधुन्ध ‘इन्ट्रेष्ट’मा सरुवा गरिएकै कारण सार्वजनिक गर्दा विवादमा आउने भएपछि मन्त्रीको सचिवालय तथा प्रशासन महाशाखाले सूची लुकाउने गरेको हो । 

सरुवासँग सम्बन्धित तथा असम्बन्धित केही कर्मचारीहरूले सरुवामै मोटो रकम लेनदेन गरेको चर्चासमेत मन्त्रालयमा सुनिन थालेको छ । ‘सरुवा खेती’ सामान्यको पुरानै रोग भएपनि सुधार गर्छु भनेर आएकाहरुलेसमेत निर्णय भइसकेको नियमित प्रक्रिया अन्तर्गतको सरुवा सूची नै लुकाउनुले पनि सुधार्ने भन्दा धन्दालाई निरन्तरता दिनेतर्फ उन्मुख रहेको पुष्टि गर्दछ । 

यतिबेला भइरहेको सरुवा बिचको तह चलखेलमा निकै सक्रिय देखिन्छ । स्वार्थमा कर्मचारी खटाउन अवधि नै नपुगेका कर्मचारीलाई फाल्ने मात्रै होइन, आफ्नालाई ‘सेट’ गर्न निकै छोटो अवधिमासमेत मिल्काउने गरेको भेटिएको छ । जसले निजामतीलाई थप विकृत बनाउने मात्रै होइन, अस्थिरता निम्त्याई रसातलमा पुर्‍याउने तर्फ उच्च नेतृत्वको चेत खुल्न जरुरी छ ।   

प्रतिक्रिया दिनुहोस