संसद कर्मचारी युनियनको अध्यक्षमा बेल्वासे निर्वाचित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

संसद कर्मचारी युनियनको अध्यक्षमा बेल्वासे निर्वाचित


४ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । संघीय संसद सचिवालय कर्मचारी युनियनको अध्यक्षमा काँग्रेस, उपाध्यक्षमा एमाले र सचिवमा माओवादी समर्थित उम्मेदवार निर्वाचित भएका छन् ।

बुधबार भएको निर्वाचनमा काँग्रेस र माओवादीले चुनावी तालमेल गरेका थिए । एमालेले एक्लै प्रतिस्पर्धा गरेको थियो । मतपरिणाम भने मिश्रित आएको छ ।

अध्यक्षमा काँग्रेस-माओवादी प्यानलबाट चुनाव लडेका काँग्रेस समर्थित गोविन्द बेल्वासे ८६ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमाले समर्थित विनोद न्यौपानेले ६० मत प्राप्त गरे । स्वतन्त्र रूपमा उठेका अध्यक्षमा अर्का उम्मेदवार विष्णु खड्का ३५ मत ल्याएर तेस्रो भए । कूल मतदाता २०२ थिए । त्यसमध्ये १८४ मत खसेको थियो ।

उपाध्यक्षमा एमाले समर्थित प्रमीला पौडेल गौतम विजयी भएकी छन् । सचिवमा माओवादी समर्थित सरस्वती रिजाल निर्वाचित हुँदा सहसचिवमा काँग्रेस समर्थित अर्जुन पौडेल विजयी भए । कोषाध्यक्षमा पनि माओवादी र काँग्रेसका साझा उम्मेदवार रामकृष्ण भेटवाल निर्वाचित भए ।

सदस्यहरूमा काँग्रेस र माओवादी समर्थित समर्थित सदन राई र सकुन्तला भट्ट निर्वाचित भए । बाँकी सदस्यहरूमा एमाले समर्थित बिनुका शेर्पा, समीर गौतम, विकास विश्वकर्मा र डल्ले गुरुङ निर्वाचित भए ।

Tags :
प्रतिक्रिया दिनुहोस