२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादी देशभर सङ्गठन विस्तार र सुदृढीकरण अभियानमा सक्रिय

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारीसहित स्थायी र केन्द्रीय समिति बैठकपछि देशैभर सङ्गठन सक्रिय भएको छ । 

पार्टी बैठकपछि फागुन र चैत महिना सङ्गठन विस्तार र सुदृढीकरण अभियान चलाएपछि सङ्गठन मुर्झाउन लागेको हो ।

पदाधिकारी, स्थायी र केन्द्रीय समिति बैठक सकेर माओवादी पार्टी सङ्गठन विस्तारमा लागेको हो । 

अहिले सात भौगोलिक तीन गैर भौगोलिकसहित दश प्रदेशका अधिकांश बैठक बसिसकेको पार्टी कार्यालयका सचिव श्रीराम ढकालले बताए । प्रदेशका केन्द्रीय सदस्यसहित प्रदेश पदाधिकारी राखेर केन्द्रीय प्रदेश समन्वयको गण्डकी प्रदेशको मात्रै बैठक बस्न बाँकी रहेको छ । 

फागुन ६ गतेसम्म प्रदेशको बैठक सकेर जिल्ला, स्थानीय तह, वडा र सेल कमिटीको बैठक समेत बसेर सङ्गठनलाई चलायमान बनाइने भएको छ । प्रदेशदेखि सेल कमिटीसम्म बैठक राखेर पार्टी र सरकारको सम्पर्क सेतुको रूपमा पार्टीका नेता कार्यकर्ताले काम गर्ने ढकालले बताए ।

पार्टी, जनवर्गीय सङ्गठन, र सङ्गठनको शुभेच्छुक संस्थाको बैठक बसालेर सुझाव सङ्कलन गरिने छ । यदि पार्टी सङ्गठन र जनवर्गीय पुनर्गठन गर्नुपर्ने भएमा गरेर जाने निर्देशन दिएको छ ।

यस्तै पार्टीको प्रतिनिधि सभा, प्रदेश सभा र पालिका भित्रका निर्वाचन क्षेत्रका समेत बैठक बसिने भएको छ । सङ्गठनको नयाँ सदस्यता वितरण र पुराना सदस्यता नवीकरणको कार्यलाई समेत गति दिइने भएको छ । पार्टी नेता कार्यकर्तालाई समेत उत्पादन जोड्न ठोस र मर्द योजना बनाएर अघि बढिने ढकालले बताए ।

पार्टीका सबै केन्द्रीय सदस्यलाई दुई महिनासम्म काठमाडौँ र जिल्ला सदरमुकाम नबसेर जनताको बीचमा जान निर्देशन दिएको ढकालले बताए ।

पार्टीको दुई महिने अभियानबाट जे जस्ता सुझाव र आलोचना सङ्कलन हुन्छन् ती सबै केन्द्रीय समिति बैठकमा लगेर छलफल गरिने भएको ढकालले बताए । पार्टी र सरकारलाई कसरी लग्ने भन्ने विषयमा जनताबाट आएको सुझावलाई कार्यान्वयन गरिने तयारी छ । 

प्रतिक्रिया दिनुहोस