निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई निरन्तरता दिन माग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई निरन्तरता दिन माग


३ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । प्रदेश १ का प्रदेश सभा सदस्यले निर्वाचन पूर्वाधार विकास कार्यक्रमलाई निरन्तरता दिन माग गरेका छन् ।

प्रदेश सभाको बुधबार बसेको बैठकमा बोल्ने सत्तारूढ दल नेकपा (एमाले)का प्रदेश सभा सदस्यहरूले अघिल्लो सरकारले व्यवस्था गरेको कार्यक्रमलाई निरन्तरता दिन सरकारको ध्यानाकर्षण गराएका हुन् । 

प्रदेश सभा सदस्य एकराज कार्कीले निर्वाचन पूर्वाधार विकास कार्यक्रमका लागि छुट्याइएको बजेटअन्तर्गत शीर्षकअनुसार कार्यक्रम मागेको तर निर्वाचन आयोगले निर्वाचन आचारसंहितालाई देखाएर तत्काललाई रोकेपनि त्यो पैसा रकमान्तर गर्नु अनुचित भएको बताए । 

उनले झापामा केही दिनयता जङ्गली हात्तीको आक्रमण सुरु भएकाले त्यसबाट जनतालाई सास्ती भएको भन्दै व्यवस्थापन गर्न माग पनि गरे ।

एमालेका प्रदेश सभा सदस्य होम थापाले योजनाहरू पहिले नै छनोट भएको भन्दै सांसदहरूका लागि सरकारले छुट्याउने गरेको पूर्वाधार विकास कार्यक्रम निरन्तर हुनुपर्ने माग गरे । 

उनले संघीय सरकारबाट योजना प्राप्त भएपनि बजेट नहुँदा प्रदेशले उचित ढङ्गले काम गर्न नसकेकाले ती योजना संघीय सरकारलाई नै फिर्ता गरिदिनुपर्ने माग गरे । 

Tags :
प्रतिक्रिया दिनुहोस