गण्डकीमा भोलि सार्वजनिक बिदा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गण्डकीमा भोलि सार्वजनिक बिदा


३ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । गण्डकी सरकारले प्रदेश स्थापना दिवसको अवसरमा भोलि सार्वजनिक बिदा दिएको छ।

सार्वजनिक बिदा धेरै भएको भन्दै आलोचना भइरहेका बेला प्रदेश सरकारले स्थापना दिवस भन्दै बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो। 

गण्डकी प्रदेशमा २०७४ फागुन ४ गते एमाले नेता पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री नियुक्त भएका थिए।

सोही दिनलाई प्रदेश स्थापना दिवसका रूपमा मनाउन प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ। 

प्रदेश सरकारले प्रकाशन गरेको प्रदेश राजपत्रमा चाडपर्व तथा दिवसमा दिइने बिदामा प्रदेश स्थापना दिवस पनि समेटिएको छ।

राजपत्रमा आगामी चैत १५ गते चैते दसैँका अवसरमा पनि सार्वजनिक बिदा दिने उल्लेख छ। 

प्रदेश सरकारले यसअघि भानु जयन्तीका अवसरमा असार २९ गते र कोजाग्रत पूर्णिमाका अवसरमा असोज २३ गते बिदा दिइसकेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस