‘कर्जाको ब्याजदर तत्काल एकल अङ्कमा झार्न सम्भव छैन’ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

‘कर्जाको ब्याजदर तत्काल एकल अङ्कमा झार्न सम्भव छैन’


३ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । नेपाल बैंकर्स सङ्घका अध्यक्ष सुनिल केसीले तत्काल कर्जाको ब्याजदर एकल अङ्कमा ल्याउन सम्भव नरहेको बताएका छन् । सङ्घले बुधबार आयोजना गरेको छलफलमा अध्यक्ष केसीले अन्तर्राष्ट्रिय बजारमा ब्याजदर बढ्दो क्रममा नै रहको भन्दै नेपालमा एकल अङ्कमा ब्याजदर झार्न सक्ने सम्भावना नरहेको बताएका हुन् ।

अध्यक्ष केसी बिस्तारै ब्याजदर घट्दो क्रममा रहेको भन्दै ब्याजदर एकल अङ्कमा आउनु भन्दा पनि स्थिर र स्थायित्व प्रमुख विषय रहेको बताए । बैंकहरूले माघदेखि नै निक्षेपको ब्याजदर घटाइसकेको र त्यसको आधारमा बिस्तारै कर्जाको ब्याजदर पनि घट्दै जाने उल्लेख गरे । बैंकमा ४ करोड ७० लाख निक्षेप खाता र १८ लाख ऋण खाता रहेको भन्दै निक्षेपकर्ताको कुरा नआउने र ऋणीको कुरा मात्रै आउने गरेको केसीको भनाई छ । 

उनले चालु आर्थिक वर्षमा तरलताको समस्या हुने अवस्था भने नदेखिएको बताए । विगतको अवस्था हेर्दा पनि आर्थिक वर्षको अन्तिममा सरकारको विकास खर्चमा हुने वृद्धि लगायतका कारण पनि आगामी ५ महिनामा २७० अर्बसम्म निक्षेप बढ्न सक्ने र कर्जा १७० देखि १९० अर्बसम्म जान सक्ने भएकोले चालु आर्थिक वर्षमा तरलताको दबाब पर्ने अवस्था भने नरहेको केसीले बताए । यद्यपि सरकारको आन्तरिक ऋण परिचालन लगायतका कारण तरलता व्यवस्थापनमा चुनौती भने रहेको अध्यक्ष केसीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस