३२ प्रतिशतले घट्यो भैरहवा भन्सारको आम्दानी « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

 ३२ प्रतिशतले घट्यो भैरहवा भन्सारको आम्दानी


३ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । अघिल्लो आर्थिक वर्षको तुलनामा यसवर्ष भैरहवा भन्सार कार्यालयको आम्दानी ३२.६ प्रतिशतले घट्न पुगेको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म भैरहवा भन्सार कार्यालयले जम्मा १ खर्ब १३ अर्ब ८२ करोड २० लाख ५ हजार रुपैयाँ बराबरको मात्र राजस्व उठाउन सफल भएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस भन्सार कार्यालयले १ खर्ब ६८ अर्ब ९३ करोड ३० लाख रुपैयाँ भन्सार राजस्व उठाएको थियो । 

यता निर्याततर्फ भने समीक्षा अवधिमा ८.६ प्रतिशतले राजस्व वृद्धि गर्दै ४ अर्ब ३८ करोड ३ लाख ६ हजार रुपैयाँ सङ्कलन गरेको बैंकले जनाएको छ । यस्तै, यता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) भन्सार कार्यालयले समेत समीक्षा अवधिमा ३२.२ प्रतिशतले आम्दानी घटाउँदै ८४ अर्ब २ करोड १० लाख ४ हजार रुपैयाँ राजस्व उठाएको छ । अघिल्लो वर्षको सोही अवधिमा टीआईए भन्सार कार्यालयले १ खर्ब २३ अर्ब ९३ करोड ६० लाख ३ हजार रुपैयाँ राजस्व उठाएको थियो । 

सोही अवधिमा यता निर्याततर्फ भने टीआईएले ४.२ प्रतिशतले आम्दानी वृद्धि गर्दै १७ अर्ब ५० करोड ६० लाख ३ हजार रुपैयाँ उठाएको बैंकले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस