प्रदेश पदाधिकारीको केन्द्रीय सदस्य सरह हैसियत हुने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रदेश पदाधिकारीको केन्द्रीय सदस्य सरह हैसियत हुने


३ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका सात भौगोलिक र तीन गैर भौगोलिक प्रदेशका पदाधिकारी केन्द्रीय सदस्य सरह हैसियत हुने भएको छ । 

प्रदेशका पदाधिकारी केन्द्रीय सदस्य सरह हैसियत हुने भएपछि केन्द्रीय समिति बैठकमा समेत सहभागी हुने भएका हुन् । सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश गरेर १० प्रदेश छन् । 

माओवादी केन्द्रमा पदाधिकारी, स्थायी समिति र केन्द्रीय समिति बैठकपछि प्रदेश पदाधिकारीलाई केन्द्रीय समिति सरह मान्यता दिएको एक प्रदेश अध्यक्षले बताए ।

प्रदेशको अध्यक्ष भने तत्कालीन पार्टीको पोलिटब्यूरो सदस्य सरहको मान्यता दिएको ती अध्यक्षले बताए । यद्यपि माओवादी पोलिटब्यूरो सदस्य बन्न चाहने अकांक्षी धेरै भएपछि  गठन हुन सकेको छैन । 

यस्तै माओवादी प्रदेश र जिल्ला सह-इन्चार्जको व्यवस्था हटाएको छ । यस्तै जनवर्गीय सङ्गठनको समेत सह-इन्चार्जको नराख्ने भएको छ । 

इन्चार्ज र अध्यक्ष हुँदाहुँदै सह-इन्चार्ज समेत हुँदा थप विवाद हुन थालेपछि हटाएको बताएको छ । अहिले माओवादीले प्रदेश, जिल्ला र स्थानीय पार्टी कमिटीलाई सक्रिय बनाएको छ । अब फागुन र चैत दुई महिना सङ्गठन सुदृढीकरण अभियान चलाई राखेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस