काठमाडौँ । आयुर्वेद चिकित्सा परिषद्को आयुर्वेदको स्थायी नाम दर्ता लाइसेन्सको परीक्षा चैत्रमा हुने भएको छ ।
परिषद्ले बुधबार सूचना जारी गर्दै स्नातक तह (बिएमएस) उत्तीर्ण गरेकाहरूका लागि लाइसेन्सको परीक्षा हुने जानकारी दिएको हो ।
परीक्षा २०७९ चैत्र ३ गते शुक्रबारदेखि परीक्षा सञ्चालन हुने छ । नियमित शुल्कमा यही ४ फागुनदेखि १८ गतेसम्म फारम भर्न सकिने छ ।
यद्यपि विलम्ब शुल्क तिरेर भने १९ गतेदेखि २६ फागुनसम्म हुने आयुर्वेद चिकित्सा परिषद्ले जनाएको छ ।
