आर्थिक नीतिकै पुनरावलोकन गर्ने तयारीमा सरकार « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आर्थिक नीतिकै पुनरावलोकन गर्ने तयारीमा सरकार


३ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार मुलुकको समग्र आर्थिक नीति पुनरावलोकन गर्ने तयारीमा रहेको बताएका छन्।

अर्थमन्त्री पौडेलले मुलुकभित्र नै उत्पादन वृद्धि, रोजगारी सिर्जना, राष्ट्रिय आयमा वृद्धि र आयात प्रतिस्थापन गरी निर्यात वृद्धि गर्नको लागि भएपनि समग्र आर्थिक नीतिकै पुनरावलोकन गर्ने पक्षमा रहेको बताएका हुन्।

अर्थमन्त्री पौडेलले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका समस्याको समाधान गर्नको लागि मुलुकको आर्थिक नीतिकै पुनरावलोकन नजिक रहेको बताए।

उनले वर्तमान सरकार आर्थिक नीतिको पुनरावलोकन गर्न सम्पूर्ण ध्यान केन्द्रित भएको बताए। उनले सरकारले मुलुकको आर्थिक नीति अनुसार आयात प्रतिस्थापन, निर्यात प्रवर्धन, रोजगारी सिर्जना, उत्पादन वृद्धि गर्ने भन्दै आएपनि अपेक्षा अनुसार नतिजा आउन नसकेको स्वीकार गरे।

उनले विगतमा नेपाल कतिपय वस्तुहरूमा आत्मनिर्भर रहेको भन्दै अहिले ती वस्तुहरूमा पनि परनिर्भरता बढ्दै गएको बताए। उनले वर्तमान अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकारले नीतिहरू परिमार्जन गर्ने आवश्यक कदम चाल्नुपर्ने क्षणमा आएको बताए। उनले आगामी वर्षको बजेट ल्याउने समयसम्म आर्थिक नीतिलाई पुनरावलोकनका काम सक्ने पक्षमा रहेको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस