अतिक्रमित संरचना सात दिनभित्र हटाउन वीरगञ्ज महानगरको आग्रह « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

अतिक्रमित संरचना सात दिनभित्र हटाउन वीरगञ्ज महानगरको आग्रह


३ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । वीरगञ्ज महानगरपालिकाले सडक, फुटपाथ तथा नाला अतिक्रमण गरी बनाइएका संरचना सात दिनभित्र हटाउन सूचना जारी गरेको छ । महानगरपालिकाले सात दिने सूचना जारी गरेको हो ।

तोकिएको अवधिभित्र संरचना नहटाए महानगर आफैँले हटाउने जनाएको छ । यसरी हटाउँदा लागेको खर्च सम्बन्धित व्यक्तिबाटै असुल गरिने सूचनामा उल्लेख छ । महानगरपालिकाले अतिक्रमित भूमि फिर्ता ल्याउनुका साथै अतिक्रमण गरेर बनाइएका संरचना हटाउने अभियान सञ्चालन गरिएको महानगरको भौतिक पूर्वाधार समितिका संयोजक प्रदीपकुमार चौरसियाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस