मौसम पूर्वानुमान : देशभर छैन वर्षा र हिमपातको सम्भावना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मौसम पूर्वानुमान : देशभर छैन वर्षा र हिमपातको सम्भावना


३ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश एक, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति पनि प्रदेश एक, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

तराईका थोरै भू-भागमा बिहानी पख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको भन्दै महाशाखाले मौसमी सूचना तथा पूर्वानुमानबारे अद्यावधिक रहन अनुरोध गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस