पशुपति आउन थाले महाशिवरात्रिका लागि साधु सन्त  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पशुपति आउन थाले महाशिवरात्रिका लागि साधु सन्त 


२ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । महाशिवरात्रिका लागि आराध्यदेव पशुपतिनाथ मन्दिरमा साधु सन्तहरू आउने क्रम सुरु भएको छ । नेपालकै विभिन्न क्षेत्रका साथै भारतबाटसमेत साधु सन्तहरू आउन थालेका हुन् ।

शिवरात्रिका लागि पशुपति मन्दिरमा रंगरोगन र सरसफाइको काम पनि निरन्तर भइरहेको छ । पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनलाई सुविधा दिने उद्देश्यले पशुपति क्षेत्रमा विशेष सफाइ अभियान भइरहेको हो । 

पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारीका लागि आवश्यक सबै काम गर्न यसअघि मूल समारोह समिति गठन भएको थियो । जुन समितिले आफ्नो कामलाई गति दिइरहेको छ ।

यस वर्ष फागुन ६ गते महाशिवरात्रि पर्व परेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस