काठमाडौँ । सीता एयरलाइन्सले दाङ-काठमाडौँको नयाँ भाडादर कायम गरेको छ। दाङ-काठमाडौँ उडान भर्न लागेको सीता एयरलाइन्सले तुलसीपुर उद्योग वाणिज्य सङ्घ, स्थानीय सरकार र यात्रुहरूको मागअनुसार भाडादर समायोजन गरेको हो।
काठमाडौँमा बसेको बोर्डको बैठकपछि भाडादर समायोजन गरिएको सीता एयरका मार्केटिङ म्यानेजर विनोद मिश्रलाई उदृत गर्दै तुलसीपुर उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष विमल रिजालले जानकारी दिए। माघ १३ गते सीताले परीक्षण उडान भरेको थियो।
कायम गरिएको नयाँ भाडादर काठमाडौँ-दाङ ८ हजार, दाङ-काठमाडौँ ८ हजार १०० रुपैयाँ रहेको छ। यसअघि सीता एयरलाइन्सले काठमाडौँ–दाङ ९ हजार र दाङ-काठमाडौँ ९ हजार १०० भाडादर थियो।