आन्दोलनका कारण पढ्न पाइएन भन्न पाइँदैन : ओली  « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

आन्दोलनका कारण पढ्न पाइएन भन्न पाइँदैन : ओली 


२ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यवहार, काम र पढाइबाट अनेरास्ववियु भनेर चिनिन विद्यार्थीहरूलाई निर्देशन दिएका छन् ।

अनेरास्ववियुको २३ औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आन्दोलनका कारण पढ्न पाइएन भन्न नपाइने बताए । उनले आफ्नो पालामा बुर्जुवा शिक्षा बहिष्कार गरौँ भनेर भन्ने गरिएको भन्दै त्यो गलत रहेको बताए । 

‘पहिला-पहिला हाम्रो पालातिर बुर्जुवा शिक्षा बहिस्कार गरौँ कसैले भने । कसैले क्या मौका मिल्यो पढ्न गाह्रो भइरहेको थियो, बुर्जुवा शिक्षा बहिस्कार गरौको नारा च्याप्प समात्यो’, उनले भने, ‘वास्तवमा त्यो बुर्जुवा शिक्षा बहिस्कार गरौँ भन्ने नारा विल्कुल नचाहिने काम थियो । र त्यो संस्थागत रूपमा कसैले दिएको पनि होइन ।’

उनले बुर्जुवा शिक्षा बहिस्कारको नारा केही मान्छेका लहडमा आएको भन्दै भने, ‘सर्वहारा शिक्षाको युनिभर्सिटी कतै उनीहरूले खोलेर राखेजस्तो । अनपढ बनाउने बाटो । हाम्रा अनेरास्ववियुका विद्यार्थी भाइबहिनी ट्यालेन्ट हुनुपर्छ ।’ उनले आन्दोलनले गर्दा कहिल्यै पढ्न पाइएन भन्न नपाउने भन्दै आफू अझैपनि पढिरहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस