पार्टीको आग्रहपछि जनमतका उपाध्यक्षले छाडे जागिर « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

पार्टीको आग्रहपछि जनमतका उपाध्यक्षले छाडे जागिर


२ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । जनमत पार्टीका उपाध्यक्ष दीपक साहले आफ्नो जागिर छाडेका छन् । यससँगै अब उनी पूर्णकालीन राजनीतिमा लाग्ने भएका छन् ।

कार्यकारिणी समितिको बैठकमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले नेता साहलाई जागिर छाडेर पूर्णकालीन राजनीतिमा लाग्न आग्रह गरेका थिए । सोही आग्रह अनुसार साहले जागिरबाट राजीनामा दिएका हुन् ।

स्वतन्त्र मधेस गठबन्धनदेखि नै राउतका साथमा काम गरेका नेता साह २२ वर्षदेखि निजी क्षेत्रको जागिरमा थिए । पछिल्लो तीन वर्षदेखि उनी मिस्ट्री खोजला हाइड्रो इलेक्ट्रीकलमा उनी जागिरे थिए । 

यसअघि बसेको केन्द्रीय समितिको बैठकले पार्टीमा रहेर जागिर गर्नेहरूलाई स्वेच्छाले राजीनामा दिन निर्देशन दिएको थियो । 

स्वतन्त्र मधेस गठबन्धन स्थापनाकालदेखि जनमतसम्म निरन्तर पार्टीमा रहेको भन्दै उनले अब पुरा समय पार्टीका लागि नै दिने उनले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस