नामिबियाविरूद्ध कुशल भुर्तेलको अर्धसतक पुरा « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

नामिबियाविरूद्ध कुशल भुर्तेलको अर्धसतक पुरा


२ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । नामिबियाविरूद्ध नेपाली ओपनर कुशल भुर्तेलले अर्धसतक पुरा गरेका छन्। 

५१ बलमा उनले ६ चौका र २ छक्कासहित अर्धसतक पुरा गरेका हुन्।

यो उनको चौथो एक दिवसीय अर्धसतक हो। यसअघि उनले अमेरिका, ओमान र पपुवान्यूगिनिविरूद्ध अर्धसतक पुरा गरेका थिए।

सन् २०२१ को सेप्टेम्बरमा ओमानको अलअमेरिट रङ्गशालामा उनले अमेरिकाविरूद्ध सर्वाधिक ८४ रनको पारी खेलेका थिए। 

कीर्तिपुरस्थित त्रिवि मैदानमा २८६ रनको लक्ष्य पछ्याएको नेपालले जवाफी ब्याटिङ गरिरहेको छ। 

यो समाचार तयार पार्दासम्म नेपालले २ विकेट गुमाएर २१।१ ओभरमा ११२ रन बनाएर खेलिरहेको छ। 

नेपालका लागि ज्ञानेन्द्र मल्लले ३५ बलमा ४ चौकासहित २५ रन बनाएर आउट भए। त्यसअघि ओपनर आशिफ शेख शुन्यमा आउट भएका थिए।

नेपालका लागि ज्ञानेन्द्र मल्लले २९ बलमा ३ चौकासहित २० रन तथा २६ बल खेलेका कुशल भुर्तेलले ३ चौका र १ छक्कासहित २१ रन बनाएर पावर प्ले सकाएका छन्। 

यसअघि टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नामिबिया २८५ रनमा अलआउट भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस