२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रणय दिवसमा प्रेमजोडीको रोजाइ रानीमहल

अ+ अ-

काठमाडौँ । आज फेब्रुअरी १४ तारिख ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस । प्रेमीप्रेमीकाको आज विशेष दिन । युगल जोडीले माया साटासाट गरेर र आपसमा शुभकामना आदानप्रदान गरेर महत्त्वका साथ मनाउने गर्दछन् ।

प्रणय दिवसका अवसरमा आज देशका विभिन्न स्थान तथा सार्वजनिक पार्क तथा उद्यानहरू प्रेम जोडीले भरिभराउ हुन्छन् । नेपालमा पनि पछिल्लो समय प्रणय दिवस मनाउने चलन बढेर गएको छ ।

आजका दिन पाल्पाको पर्यटकीय रानीमहल पनि यस्तै प्रेम जोडीको रोजाइमा पर्छ । कालीगण्डकी नदीमाथि चट्टानसहित बनेको रानीमहल दरबारमा प्रणय दिवसमा पुग्ने कैयौँ प्रेम जोडी भेटिन्छन् आज । यो दिन अन्य दिनको तुलनामा धेरैजसो जोडी बनेर पुग्ने गर्दछन् । वर्षको एक दिन भेटघाट गर्ने, घुमघाम गर्ने र माया प्रेम साटासाट गर्ने समय निकालेरै रानीमहलमा प्रेमीप्रेमिकाहरु जाने गरेका छन् ।

पाल्पा र स्याङ्जाको सिमानामा पर्ने सुन्दर रानीमहल दरबार र यहाँको मनोरम वातावरणका कारण पनि प्रमिल जोडी आकर्षित हुने गरेका छन् । यस्ता जोडीहरुले चिटिक्क परेको सुन्दर रानीमहल दरबार र सोही दरबारसँग जोडिएको पवित्र कालीगण्डकी नदीलाई साक्षी राखेर मायाप्रेमका कुरा गर्ने गर्दछन् । यहाँ आउने प्रेम जोडीहरुले प्रेम प्रस्ताव गर्ने, गुलाबको फूल एवं विभिन्न उपहार दिएर मायामा रमाउने गरेका हुन्छन् ।

रानीमहल पुग्ने २५ जोडीलाई तानसेन नगरपालिकाले सम्मानसहित गुलाबको फूल खाजा, खाना तथा बासको व्यवस्थापन गरेको तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले बताउनुभयो । नगरपालिकाले तानसेन नगर पर्यटन विकास उपसमितिमार्फत युगल जोडीहरूको भव्य स्वागतको तयारी गरेको छ ।

यस दरवारमा आजका दिन मात्र नभएर बिदाको दिन घुम्न आउने पर्यटकको चहलपहल पनि बढ्दै गएको यस रानीमहलका कर्मचारी विष्णुबहादुर थापा बताउछन् । पहिला निःशुल्क अवलोकन गर्ने व्यवस्था रहेकामा अहिले भने रु ५० प्रवेश शुल्क कायम गरिएको छ ।

पाल्पा जिल्लाको सदरमुकाम तानसेनदेखि करिब १३ किलोमिटर उत्तरमा अवस्थित छ रानीमहल । करिब ११ रोपनी क्षेत्रफलमा रहेको यो रानीमहलमा २४ कोठा छन् । यसको परिसरमा मनमोहक बगैँचा, शिवालय, पानीपोखरी, शिव लिङ्गमा नाग नागिनीले जलशेचन गरिरहेको दृश्य, भान्साघर, घोडा बाँध्ने तबेला ठूला घण्टहरू सहितको विभिन्न आकर्षक कलाकृतिहरू देख्न सकिन्छ ।

विसं १९५० मा पाल्पा गौडाका तैनाथवाला प्रधानसेनापति खड्गशमशेरले आफ्नी दिवङ्गत रानी तेजकुमारीको सम्झनामा रानीमहल निर्माण गरेका थिए । तानसेन नगरपालिकाको बौघागुम्हा र वगनासकाली गाउँपालिकाको खानी गाउँको बीचमा अवस्थित रानीमहल युवापुस्ताको पहिलो रोजाइमा पर्ने गरेको छ । विसं १९५० मा शिलान्यास गरी १९५४ मा कालीगण्डकी नदीको चट्टानमाथि पश्चिमी कला कौशलको बेजोड नमुनाले सिङ्गारेर बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस