शान्ति प्रक्रियाको बाँकी कामलाई चाँडै पूरा गर्नुपर्छ : उपराष्ट्रपति पुन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

शान्ति प्रक्रियाको बाँकी कामलाई चाँडै पूरा गर्नुपर्छ : उपराष्ट्रपति पुन


१ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । उपराष्ट्रपति नन्द बहादुर पुनले शान्ति सम्झौता भएको १६ वर्ष पुग्दा पनि शान्ति प्रक्रियाको काम पुरा नभएकोमा चिन्ता व्यक्त गरेका छन् । जनयुद्ध दिवसको अवसरमा मधेस सरकारको गृह तथा सञ्चार मन्त्रालय अन्तर्गत रहेको मधेस शहीद प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले शान्ति प्रक्रियाको बाँकी काम चाँडै पूरा गर्नुपर्ने बताएका हुन् ।

‘शान्ति सम्झौताको मुख्य दुईवटा काम अझै बाँकी छ । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ताको छानबिन आयोगले गर्नुपर्ने काम सम्पन्न गर्न सकिएका छैनन्, उपराष्ट्रपति पुनले भने, ‘शान्ति प्रक्रियाको यो काम टुङ्गोमा पुर्‍याउनका लागि म संघीय सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु । शान्ति सम्झौताको बाँकी कामलाई छिटो टुङ्गोमा पुर्‍याउनुस् ।’

जनयुद्धसहितको आन्दोलनको बलमा सङ्घीयता, धर्मनिरपेक्षता न्यायसहितको समानुपातिक समावेशिता आएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस