२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपति सहमतिकै बाटोबाट अघि बढ्छ : मन्त्री किराँती

अ+ अ-

विराटनगर । संस्कृति तथा पर्यटन मन्त्री सुदन किराँतीले राष्ट्रपतिको निर्वाचन राष्ट्रिय सहमतिको बाटोबाट अगाडि बढ्ने बताएका छन्।

विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास कार्यक्रमका लागि आउनेक्रममा मन्त्री किराँतीले पत्रकारसँग कुराकानी गर्दै यस्तो बताएका हुन्।

राष्ट्रपतिको निर्वाचन कुनै पार्टी विशेषको कुरा नभएको बताउँदै उनले राष्ट्रिय सहमति हुने व्यक्तित्वको बाटोबाट अगाडि बढ्ने बताएका हुन् ।

एमालेसँग सहमति टुट्ने हो ? भन्ने पत्रकारको प्रश्नमा उनले कुनै पार्टीको नाम नलिन भन्दै उनले भने,‘ राष्ट्रिय सहमतिको बाटोबाट अगाडी बढ्छ, किनभने संविधानको भावना नै त्यही छ, राष्ट्रपति भनेको राष्ट्रिय एकताको प्रतीक पनि हो।’

मन्त्री किराँतीको सक्रियताको विषयमा सोधिएको प्रश्नमा उनले रचनात्मक काम गर्दा स्टन्ट भनिने बताउँदै उनले देशमा केही काम नभएको आफ्नो ड्युटी पूरा गर्दा स्टन्ट भन्ने गरिएको बताए। उनले विमानस्थलको प्रसङ्गमा ५० प्रतिशतभन्दा बढी विमानस्थल घाम तापेर बसेको बताए। उनले ५० प्रतिशत विमानस्थलमा जहाजहरू उड्न नसकेको बताउँदै आवश्यकताको आधारमा दबाबको आधारमा विमानस्थल बनाइएको बताए।

‘यसमा पनि अध्ययन गर्नुपर्ने छ। विराटनगरको एयरपोर्टको इतिहास आधा शताब्दीभन्दा बढी छ, यसलाई अझै राम्रो बनाउनुपर्छ।’ उनले भने, ‘सुविधा सम्पन्न भव्य टर्मिनल भवनको शिलान्यास गर्न म आएको हो।’

उनले यसले पूर्वी नेपालको कोशेढुंगा साबित बताउँदै यसको विस्तारको कुरा सम्भावित अध्ययन र आवश्यकताको भरमा रहने बताए। उनले भने, ‘रहरको भरमा घाम तपाएर राख्नुपर्ने आवश्यकता छैन। ’

प्रतिक्रिया दिनुहोस